माघे संक्रान्तिमा कुन राशीले के दान गर्ने ?

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडाैं । भाेलि माघ एक गते हिन्दु धर्मालम्बीहरुले मनाउने गरेको माघे संक्रान्तिको बेला यी राशीहरुले यस्ता वस्तु दान गर्दा राम्रो फल दिने विश्वास हाम्रोे समाजमा रहिआएको छ । 

मेष – मेष राशी भएका व्यक्तिले पहेंलो फूल, हल्दी, तिलमा पानीमा मिसाएर सूर्यलाई अर्घ दिनुपर्छ। यो राशी भएकाले तिल र गुड दान गर्नुहोस् । यसोगर्दा तपाईले उच्च स्थान पाउनुहुनेछ।

वृष – सेतो चन्दन, दूध, सेतो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। ठूलो उत्तरदायित्व प्राप्त गर्ने र महत्त्वपूर्ण योजनाहरू सुरु गर्ने संभावनाहरू बढ्नेछ ।

मिथुन – तिल, दुबो र फूलहरू पानीमा मिसाउनुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। गाईलाई हरियो घाँस दिनुहोस्। मुंग दालको खिचडी दान गर्नुहोस्। यसो गर्नाले खुशी प्राप्ति हुनेछ।

कर्कट – दूध, चामल, तिललाई पानीमा मिसाउनुहोस् र घामलाई अर्पण गर्नुहोस्। चामल, चिनी, तिल दान दिनुहोस्। संघर्ष र द्वन्द्वको अन्त्य हुनेछ।

सिंह – कुमकुम र रातो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। तिल, गुड, गहुँ, सुन दान गर्नुहोस्। केही प्रमुख उपलब्धि हासिल हुनेछ।

कन्या – तिल, दुबो र पानीमा फूलहरू थपेर सूर्यलाई अर्घ दिनुहोस । मुंग दालको खिचडी दान गर्नुहोस्। गाईलाई घाँस लगायत खाना खुवाऊनुहोस। तपाईंलाई राम्रो समाचार प्राप्त हुनेछ।
तुला- सेतो चन्दन, दूध, चामल, तिल मिसाएर सूर्यलाई अर्पण गर्नुहोस्। चामल दान गर्नुहोस्। व्यापारमा बाह्य सम्बन्धबाट लाभहुनेछ साथै शत्रुहरू परास्त हुनेछन्।

वृश्चिकस् कुमकुम, रातो फूल र तिललाई पानीमा राखेर यसलाई सूर्यमा अर्पण गर्नुहोस्। गुड दान गर्नुहोस्। विदेशी काम र विदेश यात्राबाट फाइदा हुन्छ।

धनु – हल्दी, केसर, पहेलो फूल पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस् । यसो गर्दा चारै तर्फबाट विजय हुनुहुनेछ।

मकर – गाढा निलो फूलहरू र तिललाई पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस्। गरिबहरूलाई खाना खुवाउनुहोस । यसोगर्दा विभिन्न कुरामा तपाइको अधिकार प्राप्त हुन्छ।

कुम्भ – नीलो-कालो फूलहरू, सरसौंको तेल र तिललाई पानीमा मिलाउनुहोस् अनि सूर्यलाई अर्पण गर्नुहोस्। तेल र तिलको दान दिनुहोस्। विरोधीहरू पराजित हहुनेछन्। विभिन्न प्रकारका भेटी र सम्मान प्राप्त हुनेछ ।

मीन – हल्दी, केसर, पहेंलो फूल, तिल एकै ठाउँमा राखेर सूर्यलाई अर्पण गर्नुहोस्। सरसों, केसर दान गर्नुहोस्। यसबाट सम्मान, ख्याति बढ्नेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय