अमेरिकी अवार्डद्धारा शिव परियार सम्मानित

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडौँ । गायक शिव परियार अमेरिकाको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित हुनुभएकाे छ ।

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार वितरण समारोहमा जर्सी सिटीका प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचत सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समीर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

उहाँ ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित हुने पहिलो नेपाली कलाकार रहेको जर्सी सिटि परिषद्ले जनाएको छ । परियार सांगीतिक कार्यक्रमको लागि अहिले अमेरिकामा छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय