तीनकुनेमा सवारी दुर्घटना, गायक निशान भट्टराईको मृत्यु

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडौँ । सोमबार राति काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा गायक निशान भट्टराईको मृत्यु भएको छ।  

दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा तीनकुनेमा दुर्घटना हुँदा भटराईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

निशान गायिका लोचन भट्टरार्इका भाइ हुन्। मंगलबार बिहान पौने १ बजेतिर उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो। प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान ४ः ४५ बजेतिर निधन भएको हो।

उनको आजै पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ। खासगरी गजल गायकीका कारण चर्चित भट्टराईले स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गाउँदै आएका थिए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय