विवाह भइरहेका बेला ज्वालामुखी विस्फोट भएपछि..

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

मनिला । फिलिपिन्समा एक जोडीको आइतवार धुमधामसँग बिहे भइरहेको थियो ।

बिवाह समारोह चलिरहेको बेला पछाडीबाट ज्वालामुखी विस्फोट भए पछि आकाशमा खरानी देखिएको थियो ।

मानिसहरुले ज्वालामूखी विस्फोट भएको खबर सामाजिक सञ्जालबाट थाहा पाएका थिए ।

ज्वालामूखी विस्फोट भएको क्षेत्रबाट १० माइलको दुरीमा विवाह समारोहका चलिरहेको सीएनएनले जनाएको छ । 

विवाह गाँठोमा बाँधिरहेका बेला पृष्ठभूमिमा ज्वालामुखी विस्फोट देखिने तस्विर फोटोग्राफर रान्डल्फ इभानले क्यामरामा कैद गरे।

बिहे जारी छ भन्दै सामाजिक सञ्जालमा राखेको उनको फोटो भाइरल बनेको छ । 

निकै भयानक अवस्थाको सामना गर्नुपरेको उनले बताएका छन्।

आइतबार राजधानी मनिला देखि ३७ माइल टाढा दक्षिणी क्षेत्रमा ज्वालामुखी गएको थियो । 

यो पनी

फिलिपिन्समा ज्वालामुखी विस्फोट, लगत्तै भूकम्प गयो !
फिलिपिन्समा ज्वालामुखीः ठूलै खतराको संकेत, तीन शहर खाली गर्न निर्देशन
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय