संवैधानिक पदमा बसेर उपसभामुखलाई बार्गेनिङ गर्ने अधिकार छैन : नेता गुरुङ

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने बताउनुभएको छ।

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बेल्दै नेता गुरुङले उपसभामुख पदमा रहेर सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी गर्नभएको हो।

उहाँले उम्मेद्वार बन्नका लागि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताउँदै पछिल्लो समय विकास भइरहेको घटनाक्रममले संवैधानिक संकट आउनसक्ने बताउनुभयो।

उहाँले संवैधानिक रुपमा सभामुखमा उम्मेद्वारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको समेत बताउनुभयो।

नेता गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएको समेत बताउनुभयो।

उहाँले व्यक्तिगत इच्छा, आकांक्षा पुरा गर्नका लागि संसद अवरुद्ध गर्न नहुने बताउनुभयो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय