जग्गा नाप्दा घुस माग्ने अमिन दिनेशकुमार शाह घुससहित पक्राउ

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

काठमाडाैं । जग्गा नापजाँच गर्दा नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले ७ हजार रुपैयाँ घुस मागेका थिए ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो । घुस मागेको सूचना पाएपछि पछ्याउदै गएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयाे । साहलाई अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय