रेशम सापकोटाको ‘पछुतो- गायत्री मन्त्र’ बजारमा

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

काठमाडाैं ।   चर्चित गायक रेशम सापकोटाले नयाँ भजन पछुतो– गायत्री मन्त्र बजारमा ल्याएका छन । भजन चुड्का, चेलीका तीज गीत र सामाजिक परिवेश झल्कने मौलिक गीत सङ्गीतका साथै पेट मिचीमिची हँसाउने ठट्यौली गीत गाउने रेशमले अहिले गायत्री मन्त्र बजारमा ल्याएका हुन । उक्त भजनमा रेशम सापकोटा र मञ्जु गुरुङको स्वर रहेको छ ।  रेशम सापकोटाकै लय, शब्द रहेको उक्त भजनको संगीत संयोजन गायक तथा सर्जक झलक संगीतमले गरेका छन् ।

म्युजिक भिडियोमा गोरण चौधरीको कोरियोग्राफी, दिनेश मुस्कानको छायांकन र रोशन धितालको सम्पादन रहेको छ । भिडियोमा गोरण चौधरी, सम्प्रिया खड्का, पदम बा लगायतका कलाकारहरूले अभिनय रहेको छ । तरेली सङ्गीत कुञ्जले बजारमा ल्याएको उक्त म्युजिक भिडियोको निर्देशन स्वयम् सापकोटाले गरेका छन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय