नेपाल-भारत सीमामा एसएसबीका जवानले अन्धाधुन्ध गोली चलाए

dainikonline
दैनिक अनलाइन | पुस २७, २०७६ आइतबार | 0

काठमाडौं । नेपाल-भारत सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले अन्धाधुन्ध गोली बर्साएका छन् । 

भारतको बिहार राज्यस्थित किशनगञ्जमा पर्ने दिघलबैंक थाना क्षेत्रअन्तर्गत पिल्टोला सीमा क्षेत्रमा तैनाथ ती एसएसबी जवानले आफ्नै चौकीभित्र धन्धाधुन्ध गोली चलाएका हुन् ।

जवानले २ सय भन्दा बढि गोली चलाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जवानले आफ्नो बन्दुकबाट गोली चलाउन शुरू गरेपछि उक्त क्षेत्रमा तनाव भएको थियो।

पिल्टोला सीमा नजिकैको पोष्टमा ड्युटीमा रहेका बेला एसएसबीका जवानले करिब ४५ मिनेट लगातार गोली चलाएको बताइएको छ ।

किशनगन्जका डीएसपी अजय कुमार झाका अनुसार राजस्थान घर भएका एसएसबी जवान अभय कुमारले उनको शिविर नजिकै इन्सास राइफलबाट गोली चलाएका हुन् । 

शिविर नजिकैबाट गोलीबारी भएको आवाज सुनेपछि ठूलो संख्यामा गाउँलेहरू जम्मा भएका थिए । 

उनीहरुले गोली हानेको कारण पत्ता लगाउन माग गरेका छन्।

घटनाका सम्बन्धमा एसएसबी र जिल्ला प्रहरीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ ।

एसएसबीका कमाण्डन्ट सुभाषचन्द्र नेगीका अनुसार जवानको मानसिक अवस्था ठिक नभएकोले गोली चलाएको हुनसक्छ ।

दोषी पाएमा जवानलाई सजाय दिइने र उनलाई अर्धसैनिक बलबाट सदाका लागि हटाइने बताइएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय