पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाको काम नामजस्तै

dainikonline
दैनिक अनलाइन | पुस २७, २०७६ आइतबार | 0

काठमाडौं । पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा राजधानी काठमाडाँैको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न भएको छ । पूर्व श्रम, यातायात तथा वातावरण मन्त्री कमलप्रसाद चौँलागाईको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष रमिला तौजलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका शेयर सदस्यहरुका साथै समाजका विविध क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

करीव ३४० जना शेयर सदस्य रहेको सहकारीको अधिकृत पूँजी ३ करोडमा १ करोड ६४ लाख ५८ हजार ४ सय रुपैयाँ चुक्ता पूँजीमा परिणत भइसकेको छ । त्यस्तै, संस्थाको बचत निक्षेप साढे ६ करोडको हाराहारीमा र ऋण लगानी ७ करोडभन्दा माथि रहेको प्रतिवेदन पारित गरिएको थियो । 

कार्यक्रममा बोल्दै अध्यक्ष रमीला तौजलेले चालु आर्थिक वर्षमा आम्दानीमा बृद्धि गर्दै शेयर सदस्यलाई लाभांश वितरण गर्ने लक्ष्य रहेको बताउनु भयो । संस्थाले अनिवार्य बचत खाताको व्यवस्था गर्न मासिक बचतमा १२ प्रतिशत व्याजदर र नागरिकको सुविधालाई लक्षित गर्दै जेष्ठ नागरिक बचत खाता तथा नारी बचत खातामा १० प्रतिशत व्याजदर एवं बाल बचत खातामा १२ प्रतिशत व्याजदर प्रदान गरिने कुरा कोषाध्यक्ष अम्बिका थापाले बताउनु भयो ।

संस्थाले शेयर सदस्यको खुशीमा खुशी थप्दै नारी तथा बाल बचतकर्ताको जन्मदिनमा घरघरमा केक पु¥याउने व्यवस्थासहितको नयाँ योजनाको थालनी यसै साधारण सभााट सुरु गरेको छ । कार्यक्रममा बोल्दै सचिव परशुराम अधिकारीले नेपाल सरकारको एक व्यक्ति एक सहकारीको मात्र सदस्य बन्न पाउने व्यवस्थालाई मध्यनजर गर्दै अब मर्जरको नीति अबलम्वन गरिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो सहकारी निकै फाइदामा छ तर काठमाडौँमा रहेको १८५६ वटा सहकारीलाई सरकारले ७०० वटा बनाउने नीति अवलम्वन गरेको छ । यसमा हाम्रो पूर्ण साथ र समर्थन रहेको छ ।’ 

त्यस्तै प्रमुख अतिथि पूर्वमन्त्री एवं नेकपाका सहकारी विभागका उपप्रमुख समेत रहेका कमलप्रसाद चौलागाईले हर नागरिकको सुख दुःखमा साथ दिने सहकारी र आफूले समेत विश्वास गरेको सहकारी भन्दै सहकारीलाई शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रमपश्चात संस्था फाइदामा जानुको रहस्य के हो भन्ने प्रश्नको उत्तर दिँदै सहकारीले आमजनताको गुनासोको उचित व्यवस्थापन र कर्जा असुलीतर्फ चनाखो रहेकोले बचतकर्ताको लगानीलाई सुरक्षित बनाएको ऋण उपसमितिका संयोजक एवं कार्यसतिति सदस्य भोला खड्काले बताउनु भयो । पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्था नामजस्तै हर जनताको सहयोगी साथी बन्ने समेत उहाँले बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक सदस्य एकजना, शेयर सदस्यको सन्तानबाट एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र एक र छात्रा एकजना, सरकारी विद्यालयतर्फबाट एक जनालाई तथा उत्कृष्ट कर्मचारी एक जनालाई नगदसहित सम्मान गरिएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय