१३१ बलमा पनि शून्य रन, यस्तो छ इतिहासकै दुलर्भ रेकर्ड

dainikonline
दैनिक अनलाइन | पुस २७, २०७६ आइतबार | 0

बापू नादकर्णी टेस्ट क्रिकेटमा एउटा यस्तो नाम छ, सो अद्भूत रेकर्ड राखेका कारण परिचित छन्। उनलाई सबैभन्दा कंजूस बलरका रुपमा सधै याद गरिने गरिन्छ। 

उनले टेस्टमा १३१ बलमा पनि एक रन बनाउन नदिनेको कीर्तिमान राखेका छन्। बापू नादकर्णीले ५६ वर्ष पहिले १२ जनवरी अर्थात आज त्यो रेकर्ड बनाएका थिए। उनले ४ अप्रिलमा आफ्नो ८७ औँ जन्मदिन मनाउने छन्। 

बापूले अंग्रेजलाई रनका लागि तर्साएका थिए
बापूले आफ्नो लेफ्ट आर्म स्पिन बलका माध्यमबाट १९६४ मा मद्रासको नेहरु स्टेडियममा अंग्रेजलाई रनका लागि तडपाएका थिए। त्यसबेलाको खेलका क्रममा उनले एकपछि अर्को गर्दै १३१ बल फालेका थिए। 

जसमा उनले अंग्रेजलाई  एक रन पनि बनाउन दिएका थिएनन्। त्यस पारीमा उनले कुल ३२ ओभरमा २७ मेडन फालेका थिए। जसमा लगातार २१ मेडन ओभर थियो। र ५ रन पनि दिए। 
मद्रास टेस्टमा बापू नादकर्मीको चार रेकर्ड 

पहिलोः ३-३-०-०
दोस्रो ७-५-२-०
तेस्रोः१९-१८-१-०
चौथो ३-१-२-०

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय