बुटवलकी कल्पना डुम्रेलाई सैनामैना महोत्सवमा ‘मम्मी डान्स’को ताज

dainikonline
दैनिक अनलाइन | पुस २६, २०७६ शनिबार | 0

रुपन्देही । रुपन्देहीको सैनामैनामा सञ्चालित चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक व्यापार महोत्सव अन्तर्गतको मम्मी डान्स प्रतियोगिताको ताज कल्पना डुम्रे ज्ञवालीले हात पारेकी छन् ।

प्रतियोगितामा सहभागी १७ जनालाई पछि पार्दै बुटवलकी चेली कल्पनाले प्रथम भएर उपाधि चुमेकी हुन् । उनले ताज, नगद २० हजार रुपैयाँ, प्रमाणपत्र र सम्मानपत्र जितेकी हुन् । उनलाई सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, नेपाली काँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिव दीपक अधिकारी, संघका सचिव हिमाल गैरे, डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसअघि बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा पनि कल्पना द्वितीय भएकी थिइन् ।

प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय हुन सफल भएका थिए । उनीहरुलाई क्रमश नगद १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कृष्ण भण्डारीले गरेका थिए ।  प्रतियोगितामा १७ सहभागी मध्येबाट पहिलो दिनको नाचबाट १० जना दोस्रो चरणका लागि छनौट भएका थिए । त्यस्तै, आज डान्स आइडल, राष्ट्रिय कलाकार पशुपति शर्मा, रितु थापा, शारदा पंगेनी, पुरुषोतम पौडेल लगायतको प्रस्तुति रहेको साँस्कृतिक उपसमितिका संयोजक हिमाल गैरेले बताउनु भयो ।

जम्मा २२० स्टल रहेको मेलामा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग वाणिज्य संघका महासचिव दीपक अधिकारीले जानकारी दिए । राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय