मलेसियामा एक नेपाली युवाको मृत्यु

dainikonline
दैनिक अनलाइन | पुस २६, २०७६ शनिबार | 0

मलेसिया । शुक्रबार राती मलेसिया एक नेपालीको मृत्यु भएको छ। बारा निवासी प्रभु चौधरीको होस्टेलको बरन्डामा झुन्डिएको अवस्थामा फेला परेको छ। 

चौधरी एक महिना पहिले मात्र छुट्टिमा घर गएर आएका थिए। उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन्।

मृतकको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पताल लैजाने तयारी भइरहेको र बिस्तृत बिवरण आउन बाँकी रहेको नेपाली दुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाले जानकारी दिनुभयो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय