भारतीय खेलाडीलाई हराउँदै प्रिन्स फाइनलमा

dainikonline
दैनिक अनलाइन | पुस २५, २०७६ शुक्रबार | 0

काठमाडौं । नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को फाइनलमा प्रवेश गर्नुभएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको सेमिफाइनलमा यु १९ एकलतर्फ उहाँले भारतका अभिन वशिष्टलाई २–१ सेटमा हराउँदै उपाधि भिडन्त पक्का गर्नुभएको हो।

प्रिन्सले पहिलो सेट २१–१८ अङ्कले जित्नुभएको थियो। दोस्रो सेट उहाँले २०–२२ अङ्कले गुमाउनुभयो। तेस्रो सेट २१–१७ अङ्कले आफ्नो पक्षमा पार्दै पिन्सले फाइनलमा स्थान बनाउनुभएको हो। 

प्रिन्सले शनिबार उपाधिका लागि शनिबार भारतीय खेलाडी मिरावा लेवाङसित खुल्नुहुनेछ।

लेवाङले आज भएको  सेमिफाइनल खेलमा श्रीलंकाका दुमिन्दु अवेविक्रमालाई २१–१२ र २१–८ अङ्कले हराउँदै उपाधिको दाबेदारी गर्नुभएको हो।

यस्तै यु १९ महिला एकलतर्फ भारतकी मिर तस्मिन फाइनलमा प्रवेश गर्नुभएको छ।

उहाँले नेपालकी निता लम्साललाई २१–९ र २१–९ अङ्कले पराजित गर्नुभएको हो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय