उखु किसानलाई कनौडियाले तिरे १२ करोड

dainikonline
दैनिक अनलाइन | पुस २५, २०७६ शुक्रबार | 0

काठमाडौं । उद्योगी वीरेन्द्र कनौडियाले उखु किसानलाई १२ करोड  
रुपैंया तिरेका छन् । 

१८ करोड रुपैयाँ तिर्न बाँकी राखेका काँग्रेस सांसद एवं उद्योगी कनौडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेको काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । 

कनौडियाले अब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको शर्माले ट्विटमा उल्लेख गरेका छन् । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय