पत्रकारहरुमाझ नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, ‘आफ्नैको किन आलोचना र विरोध ?’

dainikonline
केपी शर्मा ओली | पुस १८, २०७६ शुक्रबार | 0

पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’
अरु नेतागण र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरु ! 

सबैभन्दा पहिले त म यहाँहरु सबैलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु ।

प्रेस संगठन नेपालको महत्वपूर्ण कार्यक्रम, शपथग्रहण लगायत आफ्नो संगठनको एकता, एकीकरण सम्पन्न गरेर तपाईंहरु काठमाडौंँमा आएको बेला मैले यहाँ आमन्त्रण गरेँ । यहाँहरु आउनु भयो । सबैलाई हार्दिक स्वागत गर्दछु ।

विचारबिनाको संगठन खासमा संगठन हुँदैन, बजारजस्तो हुन्छ । बजारमा जम्मा भएका मान्छेहरु, मेलामा जम्मा भएका मान्छेहरु, विभिन्न उद्देश्यका, विभिन्न ठाउँबाट आएका, विभिन्न गन्तव्य भएका हुन्छन्, जसको एउटा उद्देश्य नै हुँदैन । विचार भनेको संगठनलाई बाँध्ने, माला बनाउँदा प्रयोग गरिने धागोजस्तो हो, जसले सबैलाई एउटा सूत्रमा बाँधेको हुन्छ ।

तपाईंहरुले महत्वपूर्ण काम गर्नुभएको छ । ठूलो सफलता हासिल गर्नुभएको छ । एकीकरणको काम टुङ्ग्याउनु भएको छ । यस्तो बेलामा म तपाईंहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । र, तपाईँहरुको संगठन र व्यक्तिगत तवरमा पनि सबैको उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक शुभकामना भन्न चाहन्छु ।

तपाईँहरुको संगठनको सफलता धेरै महत्वपूर्ण प्रश्न हो । यसको सफलताले देशका अरु विविध क्षेत्रको सफलतालाई प्रतिबिम्वित गर्छ र एक ढंगले बाटो पनि देखाउँछ ।

प्रेसलाई, सञ्चारमाध्यमलाई यसै पनि राज्यको चौथो अंग भनिन्छ अनौपचारिक रुपमा । तपाईँहरु सम्पूर्ण प्रगतिशील शक्तिहरु, व्यक्तिहरु एक ठाउँ जम्मा हुनुभएको छ र यो संगठन निर्माण गर्नुभएको छ । यो एउटा विचारमा केन्द्रित, विचारमा आधारित संगठनमा केन्द्रित एक गतिशील, अनुशासित र निर्दिष्ट गन्तव्यतर्फ उन्मुख संगठनको रुपमा परिचालित र क्रियाशील हुनुपर्छ । यसखालको क्रियाशीलताले संगठनलाई सफल बनाउँछ । तपाईंहरुले यसै हिसाबमा काम गरिरहनुभएको छ ।

विचारबिनाको संगठन खासमा संगठन हुँदैन, बजारजस्तो हुन्छ । बजारमा जम्मा भएका मान्छेहरु, मेलामा जम्मा भएका मान्छेहरु, विभिन्न उद्देश्यका, विभिन्न ठाउँबाट आएका, विभिन्न गन्तव्य भएका हुन्छन्, जसको एउटा उद्देश्य नै हुँदैन । विचार भनेको संगठनलाई बाँध्ने, माला बनाउँदा प्रयोग गरिने धागोजस्तो हो, जसले सबैलाई एउटा सूत्रमा बाँधेको हुन्छ ।

हामी आज एउटा विशेष संक्रमणको स्थितिमा छौं । हामीले संक्रमणकाल मूलतः टुङ्ग्यायौं, तैपनि संक्रमणकाल अझै छँदैछ । हामीले हाम्रो रिभोल्यूशन, हाम्रो क्रान्ति, हाम्रो सामाजिक परिवर्तनको यो बाटो समातेका छौँ । जनतालाई सचेत बनाउने, संगठित गर्ने र जनताको दबाबमूलक शक्तिबाट सामाजिक अग्रगमन र परिवर्तन ल्याउने, यो बाटो समातेका छौँ । यस बाटोबाट आज हामीले लगभग दुई तिहाइको अवस्थामा हाम्रो शक्तिलाई पु¥याएका छौँ ।

हामीले देशमा अलिकति बुझेर, अलिकति नबुझेर यस्तो प्रणाली ल्यायौं कि जसबाट कसैको बहुमत आउँदैन ! बहुमत नआएपछि स्थायित्व र स्थिरता हुँदैन । स्थायित्व र स्थिरता हुन नदिन नेपालमा हामीले हे¥यौँ भने २००७ सालयता कुनै सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न सकेनन् । बरु एउटै व्यक्ति पाँचपटक प्रधानमन्त्री भए तर, एउटा सरकार कहिल्यै ५ वर्ष टिक्न सकेन ।

हामीले पार्टीलाई एकजुट बनाएका छौँ । छिटफुट केही साथीहरु आफ्नै कारणले कुनै केही वैचारिक कारणहरु छैनन्, केवल आफ्नै कारणले वैयक्तिक रुपमा बाहिर बस्नुभएको होला ! त्यस्ता केही ससाना समूहहरु होलान् । नत्रभने आमरुपमा वामपन्थी धार, कम्युनिष्ट आन्दोलन, प्रगतिशील शक्तिहरु, अग्रगामी शक्तिहरु आज यस आन्दोलनमा, यस अभियानमा र यस पार्टीमा संगठित र एकताबद्ध भएका छन् ।

मैले यो पार्टी मात्रै भनिनँ, यो आन्दोलन, यो अभियान र यो पार्टी भनेँ । यो पार्टी एउटा पार्टी मात्रै होइन, यो एउटा अभियान हो । यो पार्टी केवल पार्टी मात्रै छैन, यो एउटा आन्दोलन हो । यो सामाजिक परिवर्तनको र अग्रगामी परिवर्तनको सम्बाहक हो । यस स्थितिमा आज हामी उपस्थित छौँ ।

हामीले राजनीतिक रुपमा थुप्रै उपलब्धिहरु हासिल ग¥यौँ । हाम्रै जीवनकालमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था थियो । त्यसलाई हामीले ढाल्यौँ । निरंकुश राजतन्त्रात्मक प्रणाली थियो, त्यसलाई हामीले ढाल्यौँ । हामीले जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएका छौँ । र, अब यस अवस्थामा हाम्रा अधिकारहरु, हाम्रा सबै व्यवस्थाहरु नेपालको संविधानले सुनिश्चिता गरेको छ– संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो बाटो हो भनेर निश्चित भएको छ ।

अब हामीले एकताबद्ध भएर सही बाटोमा र समृद्ध राष्ट्र निर्माणको दिशामा अगाडि बढ्नु छ । आजको आवश्यकता यो हो ।

२०१५ सालको निर्वाचनमा बहुमत आयो, २०४८ मा बहुमत आयो, २०५६ मा बहुमत आयो, तर बहुमत आए पनि ती कुनै सरकार ५ बर्ष टिकेनन् । त्यस्तो किन भयो भन्दा अस्थिरताका शक्तिहरु बलवान रहे । अस्थिरता बनाइरहने, अस्थिरता बढाइरहने र प्रतिगमनमा खेलिरहने काम भयो । ती र त्यस्तै अस्थिरताका खेलहरुको लागि बहुमत नआउने प्रणाली चाहिन्छ । र, नेपालमा बहुमत नआउने प्रणाली एकढंगले भन्ने हो भने हामीले पनि बोक्यौँ ।

हामीले ठूला सफलताहरु पाएका छौँ । खाली संविधान बनाउने, चुनाव गराउनेजस्ता कुरामा मात्र होइन । पहिचानको राजनीति भनेर जातजातमा लडाइदिने, भूगोल–भूगोलमा लडाइदिने, साम्प्रदायिक विद्वेषमा जनतालाई फसाइदिने, त्यस्ता प्रयासहरु भए । बबण्डर चल्यो । हामीले झण्डैझण्डै नेपाली भनेर बिर्सने, नेपाली भनेर हामीलाई बिर्साउने प्रयासहरु भए । पहिले म फलानो जात, त्यसपछि नेपाली भन्ने अवस्थामा पु¥याउन खोजियो । जातजातका बीचमा हिंसा, तराई र मधेस, पहाड र मधेस, हिमाल र पहाड अनेक प्रकारका कुराहरु गरिए । त्यस्ता कुराहरु उछालिए । धर्मका नाममा उछालिए । धर्मका नाममा, जातका नाममा, भाषाका नाममा, भूगोलका नाममा कसरी विभाजित गर्न सकिन्छ ? कसरी फुटाउन सकिन्छ ? ती सबै प्रयासहरु भए । एउटा राष्ट्रलाई ध्वस्त पार्नु छ भने त्यसको एकता ध्वस्त पारिदिनु पर्छ । चीनलाई सयौं वर्ष शताब्दीयौंँसम्म अफिमको नशामा डुबाइदिए । कतिवटा देशलाई शताब्दीयौँसम्म जातीय द्वन्द्वमा डुबाइदिए । हामीले रुवाण्डाको बारेमा सुनेका छौं, जो आज सबैभन्दा शान्तिपूर्ण र सबैभन्दा तीब्र विकासमा गइरहेको भन्ने रुपमा बुझिन्छ । त्यसलाई शताब्दीयौँसम्म हुतु र तुत्सी भनेर त्यहाँ लडाइदिए । मारामार, सधैँ मारामार र सधैँ मारामार चल्यो । कतिपय देशमा अरु विभिन्न जातका नाममा द्वन्द्व चलाइदिएको देख्न सकिन्छ । मुस्लिम र हिन्दूको बीचमा द्वन्द्व चलाउन खोजिन्छ ।
 
यस्ता अत्यन्तै खतरनाक प्रयासहरुलाई हामीले पराजित ग¥यौं । र, राष्ट्रिय एकता, सामाजिक सद्भाव, विविधतामा एकता र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता–यस प्रयास र भावले जित्यो । अनि, हामीले तदनुसार नै संविधान बनायौँ । तदनुसार नै हामी अगाडि बढ्दै छौँ । हामी राष्ट्रिय एकताका साथ अगाडि बढ्न सक्छौँ ।

अर्को राजनीतिभन्दा परका अराजनीतिक प्रवृत्तिहरु छन् । राजनीतिलाई बिस्थापित गर्ने, राजनीतिप्रति घृणा फैलाउने र अराजनीतिक प्रवृत्तिहरुलाई बढावा दिने त्यस्ता गलत प्रवृत्तिहरु छन् । त्यसखाले अराजनीतिक प्रवृत्तिले देशलाई फेरि भूमरीमा पारिदिन्छ । त्यस्ता प्रवृत्तिहरुलाई पनि हामीले पराजित ग¥यौं र जित्यौं ।

हामीले देशमा अलिकति बुझेर, अलिकति नबुझेर यस्तो प्रणाली ल्यायौं कि जसबाट कसैको बहुमत आउँदैन ! बहुमत नआएपछि स्थायित्व र स्थिरता हुँदैन । स्थायित्व र स्थिरता हुन नदिन नेपालमा हामीले हे¥यौँ भने २००७ सालयता कुनै सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न सकेनन् । बरु एउटै व्यक्ति पाँचपटक प्रधानमन्त्री भए तर, एउटा सरकार कहिल्यै ५ वर्ष टिक्न सकेन । २०१५ सालको निर्वाचनमा बहुमत आयो, २०४८ मा बहुमत आयो, २०५६ मा बहुमत आयो, तर बहुमत आए पनि ती कुनै सरकार ५ बर्ष टिकेनन् । त्यस्तो किन भयो भन्दा अस्थिरताका शक्तिहरु बलवान रहे । अस्थिरता बनाइरहने, अस्थिरता बढाइरहने र प्रतिगमनमा खेलिरहने काम भयो । ती र त्यस्तै अस्थिरताका खेलहरुको लागि बहुमत नआउने प्रणाली चाहिन्छ । र, नेपालमा बहुमत नआउने प्रणाली एकढंगले भन्ने हो भने हामीले पनि बोक्यौँ । तर, त्यसलाई पनि पराजित गरेर हामीले बहुमत ल्याएका छौँ । यो साधारण कुरा होइन । र, यस्तो पार्टीले बहुमत ल्याएको छ, जबकि अन्तर्राष्ट्रिय रुपमा कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको छ, यस्तो बेलामा हामी कम्युनिष्ट पार्टीले बहुमत ल्याएका छौं । बहुमत पनि असाधारण खालको बहुमत ल्याएका छौँ । केन्द्रमा मात्रै होइन, प्रदेशमा र स्थानीय तहमा पनि हामीले बहुमत ल्याएका छौँ ।

अहिलेको सरकार कमिशनखोरको सरकार होइन । अहिलेको सरकारले मौका हेरेर त्यस्ता कामहरु गर्दैन । त्यसकारण विगतमा कसले के ग¥यो ? ठीकसँग छानबिन गरौँ । कसले कसरी लिजमा दिएको छ ? छानबिन गरौंँ । अरु विभिन्न ठाउँका लिजहरु कसरी दिइएका छन् ? छानबिन गरौँ । नारायणहिटी दरबार अगाडि घर बनाएको कसले दिएर हो ? त्यो पनि छानबिन गरौँ । कसको समयमा लिजमा दिइयो ? त्यसलाई छोप्ने, अनि भ्रम छर्ने र विकास निर्माणमा कुनै काम हुन नदिने ? जुन काम हुँदा पनि त्यसमा विवाद खडा गर्ने ? वास्तवमा उनीहरु अहिले लिएको अग्रगमनको बाटोसँग र अहिले भइरहेको विकाससँग आत्तिएका छन् । अनि, यस्ता गलत क्रियाकलाप गरिरहेका छन् ।

अब यो कुरा, यो बहुमत, यो स्थिरता, यो स्थायित्व र यो अग्रगमन, यसलाई कायम रहन नदिने, यसलाई ध्वस्त पार्न, यसलाई बदनाम गर्न, यसप्रति भ्रम फिजाउन, यसप्रति जनतामा नकारात्मक भाव बढाउन अनेक प्रयासहरु देशभित्र र विदेशबाट भइरहेका छन् । प्रतिक्रियावादी शक्तिहरु यसमा बहुतै मेहेनतका साथ लागेका छन् । यसका निम्ति गोयबल्स पाराले भनेको भन्यै गर्ने, भनेको भन्यै गर्ने, जेमा पनि विरोध गर्ने, यस प्रकारको एउटा लहर चलाउन खोजेको पाइन्छ । यसलाई हामीले रोक्नुपर्ने छ र हामी स्थायित्वको पक्षमा दृढताका साथ उभिनुपरेको छ । स्थायित्वलाई जोगाउन सकिएन भने, स्थिरता कायम गर्न सकिएन र हामीले हासिल गरेका उपलब्धिहरु जनताको बीचमा पु¥याउन सकिएन भने फेरि तिनै शक्तिहरु र अस्थिरताका बाहक शक्तिहरु बलिया हुन्छन् । 

हामीले असाधारण उपलब्धि हासिल गरेका छौँ । इतिहासमा पहिले कहिल्यैभन्दा बढी राजनीतिक हिसाबले, सुशासनको हिसाबले, शान्ति सुव्यवस्थाको हिसाबले, आर्थिक उन्नतिको हिसाबले, आर्थिक योजनाको हिसाबले, समग्र उपलब्धिका हिसाबले अथवा सामाजिक सुप्रबन्ध, सामाजिक न्याय र समानता तर्फको हाम्रो प्रयासका हिसाबले, साँस्कृतिक जागरण र उत्थानका हिसाबले असाधारण प्रयासहरु गरिएको छ । पछाडि परेका समुदायलाई अगाडि बढाउनको लागि असाधारण प्रयासहरु गरिएको छ । यी सबै प्रयासहरुको चर्चा नगर्ने, यिनलाई ओझेलमा पार्ने र विभिन्न ढंगले भ्रम पैदा गर्ने प्रयासहरु भइरहेका छन् । यस्ता कुराहरुसँग हामी सजग हुनुपर्दछ । र, तपाईंहरु सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।

हामी यो सानो लडाईं लडिरहेका छैनौँ । हामी शताब्दीयौंदेखि चलेको एउटा महान लडाईं लडिरहेका छौँ । र, अहिले नेपाली जनता यस लडाईंमा विजयी भएका छन् । यस विजयलाई सहन नसक्नेहरुले फेरि जनतालाई अलमल्याउने र भ्रमित पार्ने प्रयास भइरहेको छ । जनताको हातमा पैसा हुँदैन, जनताको हातमा धेरै चिज हुँदैन । अनि साधनस्रोत सम्पन्नहरुले त्यसको प्रयोग गरेर र खासगरी विभिन्न सञ्चारमाध्यमहरु, सामाजिक सञ्जाल प्रयोग गरेर, त्यसमा लगानी गरेर, त्यसमा मान्छेहरु खटाएर त्यसमार्फत उनीहरुले हमला गर्न खोज्छन् । सारा उपलब्धिहरुलाई ओझेल पार्ने र नभएका कुराहरुलाई उछाल्ने काम गर्न खोज्छन् । जनताले त सबै कुरा, तिनको अन्तरवस्तु र सबै पक्ष बुझ्न पाएका हँुदैनन् । त्यसकारण भ्रम फिँजाएपछि त्यसको असर जनतामा परिराखेको हुन्छ । त्यसकारण उनीहरुले भ्रम फिँजाउँछन् । यस्ता रवैयाहरुप्रति हामीहरु सजग हुन जरुरी छ ।

अचेल म देख्छु, हरेक कुरामा यस्तो गरी हमला गरिरहेका हुन्छन्, यसै हिसाबले हमला गरिरहेका हुन्छन् । उदाहरणका लागि केही दिन अगाडि गोकर्ण रिसोर्टको लिज अवधि थपियो । यसरी थपियो, जसरी पहिले कहिल्यै थपिएको थिएन । पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा लिज दिने गरिएको थियो । कति रकममा लिज भन्दा हचुवाको भरमा तय गरिएको हुन्थ्यो । अहिले विभिन्न स्वतन्त्र संघसंस्थाहरुबाट मूल्याङ्कन गराएर, मूल्याङ्कनका विधिहरु तयार गरेर, त्यस विधिअन्तर्गत यति हुँदो रहेछ र यति मूल्यमा लिजमा दिनुपर्ने हुन्छ भनेर यथार्थमा आधारित भई मूल्य तय गरिएको छ । अर्को अवधि बाँकी रहँदै किन दिइयो भन्ने प्रश्न गरेको पाइन्छ । अवधि बाँकी रहँदै किन दिनुपर्छ भने सरकारले कि त्यसलाई नचलाउने भन्नुप¥यो कि अरु केही गर्नुप¥यो । जब कसैले लिज लिएको छ, उसले प्रगति गर्छु भन्छ, उसले आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ, लिजवापतको रकम राम्रो तिर्छु भन्छ, प्रतिस्पर्धामा जान्छु भन्छ भने त्यसले लिन नपाउने भन्ने कुरा हुँदैन । र, अहिले नै दिने काम भएन भने उसले निर्माण गर्न नै सक्दैन । बैंकबाट ऋण लिनुप¥यो, निर्माण गर्नुप¥यो अनि सञ्चालन गर्नु त प¥यो । बीस वर्षको लागि लिजमा लियो, दश वर्ष त निर्माण गर्न नै लाग्ने हुन्छ । त्यसकारण पहिलेको समय अवधि छँदै उसलाई लिज अवधि थपिदियो भने त्यो कुनै अुनचित कुरा हुँदैन । यस्ता कुरा अहिले ल्याएर अनेक विषय मिसाइएका छन्, जो गलत छन् । 

एकथरी मानिसहरु कागजको डुंगा बाल्टिनमा हालेर मजाक उडाउँदै थिए, अर्कोथरी पौरखी र सिर्जनशील युवाहरुले जहाज बनाएरै चलाए । फरक त्यहाँनेर छ । यस्तो फरक व्यवहारमा देखिन्छ ।

सगरमाथा आरक्षित क्षेत्रमा कसले के ग¥यो ? त्यहाँको जमिन म अध्ययन गर्दैछु । कुनै जमानामा उसले किनेर बनाएको, अहिलेको सरकारले गरेको होइन । अहिलेको सरकार बन्नुभन्दा धेरै पहिले त्यहाँ होटल खुलेका छन् । मैले आज कालिमाटी(ताहाचल)मा पनि जग्गा लिजमा लियो भन्ने समाचार पढें । कतिपय यस्ता उदाहरण छन् । चुनाव हारिसक्यो, काम चलाऊ सरकार छ । त्यस्तो बेलामा ठूलाठूला कारोबार हुने गरेका, लिजमा लगाउने, किन्ने, इजाजत र लाइसेन्स दिने तिनै तत्वहरु हुन्, जसले अनैतिक ढंगले त्यस्ता कतिपय निर्णय गरेका छन् । जब सरकार अल्पमतमा परिसक्यो, उनीहरु नै अर्को सरकार बन्न नदिएर जालझेल गरिराखेका छन्, त्यस्तो बेलामा नैतिक रुपमा त कुनै निर्णय गर्न मिल्दैनथ्यो । झन् आर्थिक लेनदेनका, कारोबारका त्यस्ता कुराहरु त गर्नै मिल्दैनथ्यो । उनीहरुले त्यस्ता कामहरु गरेका छन् । अहिले तिनै तत्वहरु यो सरकारले लिजमा दियो भन्ने होहल्ला गरिरहेका छन् ।

जनतालाई त सबै कुरा थाहा हुँदैन । कुन मितिमा दिएको हो भन्ने कुराको तिथिमिति सम्झना हुँदैन । कुन मितिमा दिएको कुरा अहिले ल्याएर जोड्दै कालिमाटीको पनि सस्तोमा दिइयो भनेर प्रचार गरिएको छ । त्यो दियो कसले ? तथ्यचाहिं लेख्दैनन् । अहिलेको सरकारले त्यस्तो गर्दैन । अहिलेको सरकार कमिशनखोरको सरकार होइन । अहिलेको सरकारले मौका हेरेर त्यस्ता कामहरु गर्दैन । त्यसकारण विगतमा कसले के ग¥यो ? ठीकसँग छानबिन गरौँ । कसले कसरी लिजमा दिएको छ ? छानबिन गरौंँ । अरु विभिन्न ठाउँका लिजहरु कसरी दिइएका छन् ? छानबिन गरौँ । नारायणहिटी दरबार अगाडि घर बनाएको कसले दिएर हो ? त्यो पनि छानबिन गरौँ । कसको समयमा लिजमा दिइयो ? त्यसलाई छोप्ने, अनि  भ्रम छर्ने र विकास निर्माणमा कुनै काम हुन नदिने ? जुन काम हुँदा पनि त्यसमा विवाद खडा गर्ने ? वास्तवमा उनीहरु अहिले लिएको अग्रगमनको बाटोसँग र अहिले भइरहेको विकाससँग आत्तिएका छन् । अनि, यस्ता गलत क्रियाकलाप गरिरहेका छन् ।

अहिले असाधारण ढंगले नयाँनयाँ कामहरु भएका छन् । नयाँनयाँ सोचहरु कार्यान्वयन भएका छन् । आजै कान्तिपुर दैनिकले छापेको छ, ६ वर्षभित्र काठमाडौं–पोखरा–लुम्बिनी रेल बनिसक्ने र ७ खर्बको लगानी हुने भयो । त्यसको सर्भे भइसक्यो । यसले गर्दा मान्छेहरुको मन पोल्ने काम भएको छ । यो काम भयो भनेदेखि त यो सरकारले देशलाई यसरी अगाडि बढायो भने जस पो पाउने भयो भनेर तिनीहरुलाई भित्रभित्रै पोलिरहेको छ र असैह्य रुपमा छटपटी भइरहेको छ ।

अहिले माहोल यस्तो बनेको छ, सही कुराको समर्थन ग¥यो भने अप्ठ्यारो मान्नुपर्ने ? सही कुरा भन्न गाह्रो मान्नुपर्ने ? सही कुरा पनि बोल्न हुन्छ र जस्तो गर्ने ? भ्रम फिजाउन हुने, हल्ला गर्न हुने, नचाहिने कुरा गर्न हुने, तर सही कुरा गर्न, सरकारले यो राम्रो काम ग¥यो भनेर भन्न वरिपरि हेर्नुपर्ने ? के हो, तँ त सरकारको समर्थन गरेर बोल्न पो थालिस् भनेर भन्ने ?

मैले नदीको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भनेँ, त्यसो भनेपछि खुबै उडाए । हामी समुन्द्रमा जहाज चलाउन सक्छौँ भनेँ, निकै उडाए । कति दयनीय अवस्था छ विरोधीहरुको ? कति दयनीय अवस्था ! पानीमा जहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन् । नदीमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने कुरासम्म त थाहा पाउनु पर्छ नि ! हाम्रा युवाहरुले कोशीमा आफ्नै तर्फबाट स्टिमर बनाएर चलाएका छन् । त्यसबाट प्रेरित भएर अहिले गण्डकी र नारायणीमा परीक्षण गरिरहेका छन् । एकथरी मानिसहरु कागजको डुंगा बाल्टिनमा हालेर मजाक उडाउँदै थिए, अर्कोथरी पौरखी र सिर्जनशील युवाहरुले जहाज बनाएरै चलाए । फरक त्यहाँनेर छ । यस्तो फरक व्यवहारमा देखिन्छ । 

हामी ट्रक लिएर कोलकातासम्म जानुपर्दथ्यो । त्यहाँबाट डेढसय किलोमिटरसम्म यता हामीले लिइसक्यौं । अब गंगा नदीबाट हामीले त्यो सामान ल्याउन सक्छौँ र अब हाम्रो सामान कोशीसम्मै आइपुग्न सक्छ । केही समयपछि हाम्रो सामान गण्डकीमा आइपुग्छ । यी कुराहरु देख्न सक्नेले मात्रै देख्छन्, देख्न नसक्नेहरुलाई त मजाकको विषय नै हुन्छन् । यस्ता मजाकहरु अलिक पछि यथार्थमा परिणत भएपछि तिनीहरु आश्चर्यचकित हुन्छन् ।

अहिले काममा प्रगति एकदम रफ्तारले भइरहेको छ, गति बढेको छ । हामी अब छिट्टै खानीबाट फलाम निकाल्दै छौँ । तेल खानीको हामी सर्भे भइरहेको छ । म विश्वस्त छु, त्यहाँबाट तेल निकाल्न सकिन्छ । अरु खानीहरु पनि हामी निकाल्दै छौँ । हामी सिमेन्टका उद्योगहरुबाट आफूले प्रयोग गर्ने मात्रै होइन, सिमेन्ट निर्यात गर्ने स्थितिमा पुग्दैछौँ । आफ्नै खानीबाट फलाम निकालेपछि बाहिरबाट फलाम ल्याउनेभन्दा हामी निर्यात गर्नसक्ने अवस्थामा हुनेछौँ र त्यसबाट हामी अटोमोबाइल्स् आदिका फ्याक्टी«हरु, विभिन्न प्रकारका कारखानाहरु, निर्माण सामग्रीहरु आफ्नै देशमा उत्पादन गर्न सक्नेछौँ । जसले गर्दा व्यापारमा हाम्रो जुन असमानता र घाटा छ, त्यसलाई बिस्तारै पूरा गरेर सन्तुलन कायम गर्न सक्नेछौं । हामी कृषिमा आधुनिकीकरण गर्दैछौँ । हामी सामाजिक उत्तरदायित्वको क्षेत्रमा कोही बालबालिका स्कूल बाहिर नरहून्, त्यसको लागि ठोस प्रयास गर्दैछौँ । हामीले ज्येष्ठ नागरिकहरुका लागि एक लाख रकमको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छौँ । हरेक नागरिकको अनिवार्य बैंक खाता अभियान सञ्चालन गरेका छौँ ।

अहिले यस्तो जाडो छ । यस जाडोले कठ्याङ्ग्रिएर बस्नुपर्ने हुँदा हामीले कम्मल, ज्याकेटआदि वितरणको प्रबन्ध गरेका छौँ, जिल्ला जिल्लामा आवश्यकताअनुसार वितरणको प्रबन्ध मिलाइएको छ । गत वर्षबाटै मैले पहिले नै तयारी गर्न र कोही पनि जाडोले कठ्याङग्रिएर मर्न नपरोस् भनेर स्थानीय प्रशासनलाई त्यसमा ध्यान दिन, संघसंस्थाहरुलाई त्यसमा ध्यान दिन र त्यसको यथोचित प्रबन्ध गर्न भनेको छु । गत वर्ष पहिलोपटक कोही कसैले पनि जाडोबाट कठ्याङग्रिएर मर्नु परेन ।

हाम्रै केही मान्छेहरुले व्यक्तिगत आग्रह, व्यक्तिगत पूर्वाग्रह, व्यक्तिगत कुण्ठा र विभिन्न कुराले यो देख्न सकिरहेका छैनन् । तिनीहरु सबै समाप्त भयो, खत्तम भयोजस्तो पो भन्छन्, बोल्छन् र कोलाहल मच्चाइरहेका देखिन्छन् । तिनीहरुका बोली र व्यवहारमा आलोचना र विरोधबाहेक केही छैन ! पार्टीमा रहेर पार्टीको समर्थनमा बोल्न नसक्ने, पार्टीको सरकार यति सफलताका साथ अगाडि बढेको छ, यसको समर्थनमा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्ने, यस प्रकारको कुण्ठाग्रस्त त कोही हुनुहुँदैन । यस्तो कुण्ठा प्रदर्शनले कसैलाई पनि कुनै सफलतामा पु¥याउँदैन । कसैको प्रतिष्ठा माथि उठ्दैन ।

हामीले सडक मानवमुक्त र सडकमा मान्छे रहन नदिने नीति कार्यान्वयनमा ल्यायौं । कोही पनि बेहाल र बेसहारा भएर सडकमा भौतारिनुपर्ने र जाडोमा कठ्याङ्ग्रिएर मर्ने, भोकै परेर, तड्पिएर मर्ने स्थिति हुँदैन । एउटा मान्छे, एउटा नागरिकलाई त्यस हालतमा पुग्न अहिलेको सरकारले दिँदैन । किनभने यो जनताको सरकार हो । यो गरिब, निमुखा र दीनदुःखीहरुको सरकार हो । त्यसकारण मैले भनेँ, नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन, यो यत्तिकै भनिएको होइन । यसका निम्ति केही बजेट खर्च गर्नुपर्ला, तर नेपालमा कोही भोकै मर्दैन, कोही भोकै पर्दैन ।

बेरोजगारीको जहाँसम्म कुरा छ, हाम्रो बेरोजगारी अलिकति सक्कली र अलिकति नक्कली हो । धेरैचाहिँ नक्कली छ । खेतबारी बाँझै छन् । त्यहाँ बाली लगायो भने निर्यात गरेर हामीले पैसा कमाउनसमेत सक्छौँ । हाम्रा युवाहरुलाई त्यो बाटो नदेखाएर खेतबारी बाँझो छाडेर उनीहरु भेडा चराउन अरब पुगेका छन् । यहाँ हामीले उनीहरुलाई सही बाटो र वातावरण दियौँ भने आकर्षक कमाई यहीँ हुन्छ, राम्रो आम्दानी यहीँ हुन्छ ।
 
मलाई अस्ति एकजना साथीले भन्दै थिए– उनले मेवाको खेती सुरु गरेका छन् । त्यसमा यति आकर्षक आम्दानी छ कि त्यस्तो खेती अरुले पनि गर्न सक्छन् नि ! हामीले आफ्नो भएको चिजको सदुपयोग गर्न नसक्ने ? हामीले आफ्नो स्रोत, आफ्नो साधन, प्राकृतिक स्रोत र मानवीय स्रोत मिसाउनु प¥यो नि ! त्यसलाई हामीले उत्पादन कार्यमा चलाउनु प¥यो नि ! त्यसो गर्न नसक्ने अनि विदेश पलायन हुने ? यस खालको स्थिति छ । यसमा हामीले सही ढंगले उत्प्रेरित गर्नुपर्ने खाँचो छ । यस्ता सबै कामहरुमा तपाईं सञ्चारकर्मीहरुको, तपाईँहरु सबैको असाधारण भूमिका र योगदान हुन्छ ।

अहिले माहोल यस्तो बनेको छ, सही कुराको समर्थन ग¥यो भने अप्ठ्यारो मान्नुपर्ने ? सही कुरा भन्न गाह्रो मान्नुपर्ने ? सही कुरा पनि बोल्न हुन्छ र जस्तो गर्ने ? भ्रम फिजाउन हुने, हल्ला गर्न हुने, नचाहिने कुरा गर्न हुने, तर सही कुरा गर्न, सरकारले यो राम्रो काम ग¥यो भनेर भन्न वरिपरि हेर्नुपर्ने ? के हो, तँ त सरकारको समर्थन गरेर बोल्न पो थालिस् भनेर भन्ने ?

सरकार देश बनाउँछु भनिराखेको छ । सरकारले असाधारण सही नीति र दृष्टिकोण लिएको छ । दुनियाँमा कम्युनिष्ट आन्दोलन सिद्धिरहेका बेला नेपालमा कम्युनिष्ट आन्दोलन यति मजबुत भएको छ, लगभग दुई तिहाइको सरकार क्रियाशील छ । अनि यस्तो बेला केही मान्छेहरु विरोधका लागि विरोध मात्र गर्छन् र गरिरहेका छन् । किन होला ? 

नेपालको कम्युनिष्ट आन्दोलन दुनियाँका लागि दृष्टान्त भएको छ । हामीले सम्पन्न गरेको एकता दृष्टान्त भएको छ । एकीकरण दृष्टान्त भएको छ र सफलता दृष्टान्त भएको छ । यसले सामाजिक न्याय र समानताको क्षेत्रमा गरेका कामहरु, महिलाहरुको, पछाडि परेका समुदायको र अरु समुदायको उत्थानका लागि गरेका कामहरु, मजदूरका समस्याको समाधानका सन्दर्भमा गरेका कामहरु विश्वकै लागि दृष्टान्त भएका छन् । तर हाम्रैले, हाम्रै केही मान्छेहरुले व्यक्तिगत आग्रह, व्यक्तिगत पूर्वाग्रह, व्यक्तिगत कुण्ठा र विभिन्न कुराले यो देख्न सकिरहेका छैनन् । तिनीहरु सबै समाप्त भयो, खत्तम भयोजस्तो पो भन्छन्, बोल्छन् र कोलाहल मच्चाइरहेका देखिन्छन् । तिनीहरुका बोली र व्यवहारमा आलोचना र विरोधबाहेक केही छैन ! पार्टीमा रहेर पार्टीको समर्थनमा बोल्न नसक्ने, पार्टीको सरकार यति सफलताका साथ अगाडि बढेको छ, यसको समर्थनमा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्ने, यस प्रकारको कुण्ठाग्रस्त त कोही हुनुहुँदैन । यस्तो कुण्ठा प्रदर्शनले कसैलाई पनि कुनै सफलतामा पु¥याउँदैन । कसैको प्रतिष्ठा माथि उठ्दैन ।

पुष्पलालले निर्माण गर्दा यो एउटा पार्टी नै थियो, आज हामीले सञ्चालन गरिरहेका बेला पनि फेरि एउटै पार्टी भएको छ । यो समयको माग थियो, देशको माग थियो, देश विकासका निम्ति ज्वलन्त आवश्यकता थियो र यो एकता हामीले हासिल गरेका छौँ । यसको महत्वलाई हामीले बुझ्नु प¥यो । कसैलाई कोही मान्छे मन पर्दैन होला, के कारणले मन पर्दैन ? त्यो त मलाई थाहा छैन । मैले भन्ने गरेको छु, कुनै कमीहरु देख्नुहुन्छ भने भन्नुहोस् । आनीबानीमा कुनै कमी देख्नुहुन्छ भने भन्नुहोस् । व्यवहारमा कमी देख्नुहुन्छ भने भन्नुहोस् । क्रियाकलापमा कमी देख्नुहुन्छ भने भन्नुहोस् ।


 
म सबैलाई आग्रह गर्न चाहन्छु, कसैले कुनै पनि खालको कुण्ठा पाल्नु हुँदैन । हामी फराकिलो मनका साथ राष्ट्र निर्माणको, विकासको र समृद्धिको अभियानमा जुटेका छौँ । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो यस राष्ट्रिय आकांक्षालाई सिगों विश्वले प्रशंसा गरेको छ । चिनियाँ नेता होऊन् वा भारतीय नेता, यूरोपेली नेता होऊन् वा अन्य देशका नेता, जुनसुकै देशका नेताहरुसँग भेट हुँदा समृद्ध नेपाल, सुखी नेपालीको तपाईँहरुको लक्ष्य एकदमै सही छ, तपाईँहरुको गन्तव्य सही छ । तपाईँहरुले यसमा कति राम्रो सन्तुलन र संयोजन कायम गर्नुभएको छ भन्छन् । हामी ती लक्ष्य प्राप्त गर्न, ती उद्देश्य प्राप्त गर्न लागिपरेका छौं । यत्तिकै उद्देश्यको गीत मात्रै गाइराखेका छैनौँ । ती उद्देश्य कसरी प्राप्त हुन सक्छन् ? ती प्राप्त गर्ने बाटोहरु, ती प्राप्त गर्ने विधिहरु के हुन सक्छन् ? कस्तो विधि र कस्ता कार्यक्रमहरुका साथ अघि बढेर प्राप्त गर्न सकिन्छ ? हामी त्यसो गरिरहेकाछौँ । त्यसकारण म तपाईँहरुबाट राष्ट्रले ठूलो अपेक्षा गरेको कुरा यहाँ विशेष जोड दिएर भन्न चाहन्छु । तपाईहरुबाट राष्ट्रले गरेको यो अपेक्षा साधारण छैन । तपाईँहरु आ–आफ्नो ठाउँका योद्धाहरु हुनुहुन्छ, तपाईंहरुले देशका लागि लड्नैपर्छ । देशका लागि लड्ने भनेको सामाजिक सद्भावका साथ राष्ट्रिय एकताका लागि लड्नुपर्छ । एकताबद्ध प्रयासबाट देश बनाउनका लागि लड्नुपर्छ । एकता विरोधी विचार, व्यवहार र अनुचित क्रियाकलापका विरुद्ध लड्नुपर्छ । अनेकता र फाटोका विरुद्ध लड्नुपर्छ । अनुशासनहीनता र अराजकताका विरुद्ध लड्नु पर्छ । अनुचित तथा बेठीक कुराहरु र भ्रम फैलाउने प्रवृत्तिहरुका बिरुद्ध लड्नुपर्छ । र, सही कुराहरु स्थापित गर्न तपाईँहरुले लड्नु नै पर्छ । तपाईँहरुका विचारहरु, तपाईँहरुका कलमहरु, कम्प्युटरहरु र हातहरु यसरी चल्नुपर्छ ।

तपाईँहरु आज एकताबद्ध भएर, एक ठाउँमा आएर र एउटा एकताबद्ध संगठन निर्माण  गरेर अगाडि बढ्नुभएको छ । यो लामो समयदेखिको इच्छा थियो । नेपाल कम्युनिष्ट पार्टी एउटा कम्युनिष्ट पार्टी बनेको छ । जुनसुकै कुरा पनि पहिले सानोबाट सुरु हुन्छ । बिरुवा सानै हुन्छ, तर त्यो झाङ्गिँदै गएर ठूलो बृक्ष हुन्छ । झाङ्गिँदै जाँदा त्यसका हाँगा भाँचिने र त्यो फुट्दै जाने, फाट्दै जाने, विनाश हुँदै जाने हुनुहँुदैन । झाङ्गिँदै जाँदा एउटा मजबुत बृक्ष, सग्लो बृक्ष हुनुपर्छ । बीचमा टुटफुट भयो, हाँगाहरु लछारिए, चुडिए र भाँच्चिए पनि । तर  अब यो एउटा विशाल बृक्ष बनेको छ । 

हामीले फेरि आन्दोलनलाई जोडेका छौँ । हाँगाहरु सबै एक ठाउँमा भएका छन् । त्यसैको प्रतिफलस्वरुप सञ्चार क्षेत्रमा पनि एउटा एकताबद्ध बृक्ष बनेको छ । यसलाई सुदृढ गर्नु, जोगाउनु र अघि बढाउनु पर्दछ ।

हिजो को कुन मुहान र  स्रोत कताबाट आएको हो भन्ने अब भ्रमपूर्ण कुराहरु हुन् । कम्युनिष्ट पार्टी एउटै हो । एउटा कम्युनिष्ट पार्टीबाट उद्गम भएर हामी एउटै कम्युनिष्ट पार्टीमा यहाँ आएका हौँ । बीचमा फाटेको कुरा र अलगअलग अस्तित्वलाई महत्व दिएर म त फलानो समूहबाट आएको, म त अर्को समूहबाट आएकोजस्ता कुरा गर्नु आवश्यक छैन । त्यसो भनिरहन जरुरी छैन । त्यो त बीचमा फाटेको कुरा मात्र हो । त्यसलाई अब महत्व दिनु हुँदैन । हामी एउटा पार्टीका कार्यकर्ता हौँ । सुरुमा पनि नेपाल कम्युनिष्ट पार्टी एउटा पार्टी थियो, आज पनि हाम्रो प्रयासले एउटा पार्टी नै भएको छ ।
 
पुष्पलालले निर्माण गर्दा यो एउटा पार्टी नै थियो, आज हामीले सञ्चालन गरिरहेका बेला पनि फेरि एउटै पार्टी भएको छ । यो समयको माग थियो, देशको माग थियो, देश विकासका निम्ति ज्वलन्त आवश्यकता थियो र यो एकता हामीले हासिल गरेका छौँ । यसको महत्वलाई हामीले बुझ्नु प¥यो । कसैलाई कोही मान्छे मन पर्दैन होला, के कारणले मन पर्दैन ? त्यो त मलाई थाहा छैन । मैले भन्ने गरेको छु, कुनै कमीहरु देख्नुहुन्छ भने भन्नुहोस् । आनीबानीमा कुनै कमी देख्नुहुन्छ भने भन्नुहोस् । व्यवहारमा कमी देख्नुहुन्छ भने भन्नुहोस् । क्रियाकलापमा कमी देख्नुहुन्छ भने भन्नुहोस् ।

तर नीतिहरुमा हामीले ठीक ढंगले देशलाई हाँकेका छौँ । प्रतिक्रियावादी शक्तिहरुलाई पराजित गरेका छौँ । सफल ढंगले नेतृत्व गरेका छौँ । अनि फेरि विरोध नै गर्नुपर्ने कारण के आइलाग्यो ? प्रतिक्रियावादीलाई पराजित गरिएको छ, राजतन्त्रलाई फालिएको छ । संविधान बन्न दिन्न भन्दा पनि बनाइएको छ । नाकाबन्दी हुँदा नझुकेर हटाइएको छ । एउटा देशबाट वेष्ठित अवस्थालाई अर्को देशतिर पनि अनेक बाटाहरु खोल्ने काम गरेर भूजडित बनाइएको छ, त्यसढंगले नाकाहरु खोलिएको छ, ट्रान्जिट, ट्रान्सपोर्ट एग्रिमेन्टहरु गरिएको छ, बाटाहरु बन्दैछन् । सबैतिर विकास हुँदैछ । ग्याँस र पेट्रोलियमका पाइपहरु हामीले बिछ्याउन सुरु गरेर उद्घाटन पनि गरिसक्यौँ । यस्ता थुप्रै कामहरु हामीले गरेका ग¥यै छौँ । पूर्व–पश्चिम रेल पनि चलाउँदै छौँ । अनि ठूलाठूला कामहरु हुँदैछन् र सुधारका ठूला कामहरु हामी गर्दैछौँ । अनि विरोध नै गर्नुपर्ने कारण के हो ? विरोधको कारण त गलत नीति हुनुपर्ने, गलत व्यवहार हुनुपर्ने, असफलता हुनुपर्ने र आन्दोलनलाई कमजोर पारेको पो हुनुपर्ने ? आन्दोलनलाई मजबूत बनाइएको छ । हामीले विरोधीहरुलाई बाहिर निस्कँदा हेर्नै नसक्नेगरी पार्टीलाई मजबुत स्थिति बनाएका छौं । हरेक क्षेत्रमा सफल भएका छौं । फेरि किन विरोध गर्नुपर्ने ? विरोधीले त गर्छन् नै, विरोधीको त काम नै त्यही हो, गर्छन् । तर आफ्नै पार्टीका नेताहरुको विरोध किन र के का लागि हो ? 

एउटा देशबाट वेष्ठित अवस्थालाई अर्को देशतिर पनि अनेक बाटाहरु खोल्ने काम गरेर भूजडित बनाइएको छ, त्यसढंगले नाकाहरु खोलिएको छ, ट्रान्जिट, ट्रान्सपोर्ट एग्रिमेन्टहरु गरिएको छ, बाटाहरु बन्दैछन् । सबैतिर विकास हुँदैछ । ग्याँस र पेट्रोलियमका पाइपहरु हामीले बिछ्याउन सुरु गरेर उद्घाटन पनि गरिसक्यौँ । यस्ता थुप्रै कामहरु हामीले गरेका ग¥यै छौँ । पूर्व–पश्चिम रेल पनि चलाउँदै छौँ । अनि ठूलाठूला कामहरु हुँदैछन् र सुधारका ठूला कामहरु हामी गर्दैछौँ । अनि विरोध नै गर्नुपर्ने कारण के हो ? विरोधको कारण त गलत नीति हुनुपर्ने, गलत व्यवहार हुनुपर्ने, असफलता हुनुपर्ने र आन्दोलनलाई कमजोर पारेको पो हुनुपर्ने ? आन्दोलनलाई मजबूत बनाइएको छ । हामीले विरोधीहरुलाई बाहिर निस्कँदा हेर्नै नसक्नेगरी पार्टीलाई मजबुत स्थिति बनाएका छौं । हरेक क्षेत्रमा सफल भएका छौं । फेरि किन विरोध गर्नुपर्ने ? विरोधीले त गर्छन् नै, विरोधीको त काम नै त्यही हो, गर्छन् । तर आफ्नै पार्टीका नेताहरुको विरोध किन र के का लागि हो ?

मैले भन्ने गरेको थिएँ, अब बिस्तारै विरोधीहरुका सटर बन्द हुँदै जान्छन् । प्रदेश नम्बर दुईबाट राष्ट्रिय सभामा हाम्रो एक सिट पनि थिएन । त्यहाँ हाम्रो सिटमा कुनै नोक्सान पनि भएको  थिएन । तर, हामीले दुईवटा सिट आफूले लिने र दुईवटा राजपालाई दिने गरी दुईवटा सिट लाभ हुने शर्तमा सहमति ग¥यौँ ।

अनि विरोध गर्ने एकथरीको रोइकराई उधुमसँग भयो । बालुवाटारबाट धुँवाको कालो मुस्लो निस्कियो ! दुईवटा सिट सित्तै पार्टीमा थपिने गरी सहमति पो भयो र बरबाद भयो भन्दै अचम्मको कविता लेखियो, कविहरु पनि नयाँनयाँ ...पो निस्किए (हाँसो) ! वास्तवमा यस्तो निराधार विरोध, जेमा पनि विरोध, तर्कहीन विरोध किन ? तथ्यका आधारमा र तर्कका आधारमा आलोचना र विरोध गर्नुपर्छ । यस्तो त हुनुहुँदैन ।

हामी एउटा डुङ्गामा चढेका छौँ र एउटा गन्तव्यतर्फ हिडेका छौँ । कसैले डुङ्गामा प्वाल पार्दै जाने हो भने एउटा व्यक्ति मात्रै डुब्दैन, सबै डुब्छन् । तर म भन्न चाहन्छु, जसले प्वाल पार्न खोजेपनि यो डुङ्गा प्वाल पार्न दिइँदैन । जसले यो डुङ्गा डुबाउन खोजे पनि यसलाई डुबाउन दिइँदैन । जसले यस डुङ्गालाई उल्ट्याउन खोजे पनि उल्ट्याउन दिइँदैन । जसले यस डुङ्गालाई बीचमै डुबाउन खोजे पनि डुबाउन दिइँदैन । यो डुङ्गा हाम्रो ७० वर्ष लामो अनुभवबाट बनेको छ, सात दशकका अनुभवहरु बोकेर खियाइएको र चलाइएको डुङ्गा हो । यो डुङ्गा कुनै भवितव्यले बनेको होइन । यसो पानीमा पात तैरेको हुन्छ नि, त्यस्तो पनि होइन यो । यो वास्तवमा धेरै मेहेनतका साथ, धेरै ठूलो बलिदानले, बलिदानीपूर्ण सङ्घर्षले, सङ्घर्षका अनुभवहरुले, अनेकन् उतारचढावहरुले, कथाव्यथा, आँशुपीडा सबैका समर्पण र सबैका आशीर्वादले बनाइएको डुङ्गा हो, यसलाई डुब्न दिइँदैन । त्यसैकारण हामीले पृथक प्रबन्ध गरेका हौँ र हाम्रो पार्टीको अठोट यो छ कि हाम्रो यो सफलता र आजको सफलता भनेको सफलताको शिखर होइन, सफलताको सुरुवात हो । हामी समाजवाद निर्माण गर्नेतर्फ अगाडि बढ्दैछौँ । समाजवादका आधारहरु तयार गर्दैछौँ । जनताको जनवाद कार्यान्वयन गर्दै हामी अगाडि बढ्छौँ र समाजवादका आधारहरु बनाउँछौँ । समृद्ध नेपाल, सामाजिक न्यायसहितको समृद्धि, त्यसैकारण हामीले भनेका हौं–सुखी नेपाली । समृद्धिले मात्र सुख हुँदैन । सुख हुनका लागि साथसाथै अरु थुप्रै कुराहरु हुनुपर्दछ । ती सबै कुराहरुको प्रबन्ध पनि हामीले गर्छौँ । 

हामी यही राष्ट्रिय आकांक्षा हासिल गर्न अघि बढिरहेका छौं । यसमा तपाईँहरु सबै साथसाथै अघि बढ्नुहोस भन्ने आग्रह गर्न चाहन्छु । सबैलाई  धेरै धेरै धन्यवाद !

(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोह (१२ पुस २०७६, बालुवाटार, काठमाडौं)मा गर्नुभएको सम्बोधनको पूर्ण पाठ)
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय