ओमनका २९ सय जनामा एचआईभी एड्स

dainikonline
दैनिक अनलाइन | मंसिर १८, २०७६ बुधबार | 0

ओमन । हालै सार्वजनिक भएको आधिकारीक तथ्याङ्कअनुसार ओमनमा दुई हजार ९२७ जनामा एचआईभी/एड्स रहेको पाइएको छ । 

राष्ट्रिय तथ्याङ्क तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा एचआईभी/एड्स सङ्क्रमितहरूको यो सङ्ख्या ५.२ प्रतिशतले घटेको देखिएको छ । 

अहिले सार्वजनिक भएको तथ्याङ्क सन् २०१८ को अन्त्यसम्मको हो भने सन् २०१७ को सङ्ख्याभन्दा घटेको देखिएको हो ।

एचआईभी/एड्सबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका रहेको अधिकारीहरूले जनाएका छन् । यो समूहका एचआईभी/एड्स सङ्क्रमितहरूको सङ्ख्या एक हजार ८६६ रहेको तथ्याङ्कमा उल्लेख छ । 

त्यसपछि धेरै ५ देखि १४ वर्षसम्मको उमेर समूहको रहेको छ । उनीहरूको सङ्ख्या ५४३ रहेको सूचना तथा तथ्याङ्क केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ५० भन्दा बढी उमेर समूहका एचआईभी सङ्क्रमितहरूको सङ्ख्या ३२९ रहेको छ । त्यसैगरी २५ देखि ४९ वर्षसम्मको उमेरमा एचआईभी सङ्क्रमित भएकाहरू १२० जना मात्रै रहेका छन् ।  

चार वर्षभन्दा अगाडिका ६९ जना बालबालिकामा पनि एचआईभी÷एड्स लागेको पाइएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय