शरीरमा गोलीको छर्रा बोकेर मत माग्न घरदैलोमा

dainikonline
दैनिक अनलाइन | कात्तिक २९, २०७६ शुक्रबार | 0

दाङ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार सुरेशबहादुर केसी ९प्रताप०ले जनयुद्धका गोलीका छर्रा बोकेर मतदाताको घरदैलो पुग्नुभएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा घोराही उपमहानगरपालिका १६ को वडाध्यक्ष पदका उम्मेदवार केसीले छर्रा बोकेर मतदाताको घरमा घरदैलो गरिरहनुभएको छ ।  

नेकपाको तर्फबाट उम्मेदवार बन्नुभएका प्रतापले आफ्नो पक्षमा मत पार्नका लागि चुनावी प्रचारलाई निकै मसिनो गरी अगाडि बढाउनु भएको छ । नेकपाका नेताहरुको सहभागितामा प्रतापले निर्वाचनको प्रचारप्रसारलाई बस्तीबस्तीमा पु¥याइरहनु भएको छ ।

निर्वाचन परिचालन कमिटीको बैठकमार्फत् विभिन्न टोलस्तरका प्रचार समिति गठन समेत भएको अबस्थामा उम्मेदवारसहितको टोली पनि टोलटोलमा पुग्न सुरु गरेको छ । नेकपाका वडाध्यक्ष गजेन्द्रसिंह खड्का, सचिव देउमन दमाईसहित स्थानीय कार्यकर्ताहरुले उम्मेदवार प्रतापलाई सघाइरहेका छन् । जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुको पनि प्रचारमा साथ रहेको छ । उम्मेदवार केसीले आफू पार्टीको सिपाही भएको प्रतिक्रिया दिँदै निर्वाचनमा आफूलाई जनताले साथ दिने बताउनुभयो । 

घोराही १६ मा रहेका विभिन्न ३७ टोलहरुमा सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवार प्रतापले घरदैलो, भेटघाट, सभा जस्ता कार्यलाई दैनिकरुपमा तीब्र बनाउनु भएको छ । गएको कार्तिक २७ गते पार्टीका तर्फबाट आधिकारिकरुपमा उम्मेदवारी दर्ता गरेपछि यस्ता कार्यलाई जारी राख्नुभएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय